प्रकाशित मिति : २०२०-०१-२० (अद्यावधिक मित : २०२०-०९-०६)

पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुदुरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिकामा अवस्थित छ। यस प्रयोगशालाको स्थापना आर्थिक वर्ष २०४९/०५० सालमा क्षेत्र पशु रोग अन्वेषण प्रयोगशालाको नामले गरिएको थियो। तत्कालीन अवस्थामा यस प्रयोगशालाको कार्यक्षेत्र सुदुरपश्चिमाञ्चल विकास क्षेत्र अन्तर्गतका दुवै अञ्चलका नौ जिल्ला रहेका थिए। नेपालमा आर्थिक वर्ष २०७४/०७५ सालमा गरिएको संघियता वमोजिमको प्रशासनिक पुनर्संरचाना गर्दा यस प्रयोगशालाको नाम पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, धनगढी, कैलाली राखियो र हाल यस प्रयोगशालाको कार्यक्षेत्र सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्ला र ८८ वटै स्थानिय तहहरु कायम गरिएको छ।