प्रकाशित मिति : २०२०-०९-०६ (अद्यावधिक मित : २०२०-०९-०७)
-
पशुपन्छीहरुको रोग सर्भिलेन्स, अन्वेषण र निदान गर्ने तथा रोग नियन्त्रण एवं उन्मूलन कार्यमा सहयोग गर्ने।
-
पशुपन्छीहरुको रोग निदान गरी पशुधनको सुरक्षा गरी पशुजन्य उत्पादन र उत्पादकत्व बढाउने एवंम खाद्य सुरक्षामा सहयोग गर्ने।
-
कार्य-क्षेत्र भित्रका पशुरोग अन्वेषण प्रयोगशालाहरुमा आवश्यक आधुनिक रोग निदान सम्बन्धी प्रविधि विकास, विस्तार तथा हस्तान्तरण गर्ने।
-
पशुपन्छी तथा पशुपन्छीजन्य उत्पादनबाट जनस्वास्थ्यमा पर्ने प्रतिकुल प्रभावको रोकथाम गर्न जनचेतना अभिवृद्धि गर्ने।
-
पशुपन्छी रोग अन्वेषण तथा निदानको लागि आफ्नो कार्य क्षेत्रमा रिफरेन्स निकायको रुपमा काम गर्ने।
-
आवश्यकता अनुसार नमुना संकलन तथा परिक्षण गरी रोग निदान गर्ने।
-
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला संग समन्वय गरी रोग निदान, अन्वेषण तथा नियन्त्रण प्रकृयालाई हार्मोनाइज गर्ने।
-
राष्ट्रिय रोग नियन्त्रण कार्यक्रम अन्तर्गत प्रयोग भएका खोपको प्रभावकारीता विष्लेषण गर्ने।
-
आफ्नो कार्य क्षेत्रमा देखापरेका पशु रोगहरुको प्रकृति हेरी रोगहरुको पूर्वानुमान र नियन्त्रण विधि सिफारिश गर्ने ।