यो शाखा नेपालमा संधियता लागु भएपश्चात राज्यको प्रशासनिक पुर्नसंरचना पश्चात गठन गरिएको हो। यो शाखा जैविक सुरक्षा स्तर २ को मापदण्ड अनसारको छ र अत्याधुनिक पि सि आर प्रविधि समेत उपलव्ध छ। नेपालमा कोभिड १९ रोगको प्रकोप देखा परे पश्चात यस शाखामा सुदुरपश्चिम प्रदेश सरकारले मानव नमुनाहरुको परिक्षणको लागी समेत प्रयोग गरिसकेको छ। त्यसै गरि यस शाखामा विभिन्न विषाणुजन्य रोगहरु जस्तै बर्ड फ्लु, रानिखेत, गम्वारो, संक्रामक ब्रोंकार्इटिस, पि.पि.आर जस्ता रोगहरुको समेत परिक्षण हुन्छ। यस शाखामा एलार्इजा प्रविधि वाट समेत विभिन्न रोगहरुको परिक्षण हुन्छ।